धनुषा । सवारी साधनको ठक्करबाट एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।

धनुषाको मिथिला नगरपालिका ७ मा आज बिहानै सवारी साधनको ठक्करबाट एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा अन्दाजी ३४ वर्षीय पुरुष रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन । आज बिहान करिब सवा तीन बजे नम्बर खुल्न नसकेको सवारी साधनले पैदलयात्री पुरुषलाई ठक्कर दिएको थियो ।

दुर्घटना पश्चात सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जानकारी दिएको छ ।