जनकपुरधाम । सप्ताव्यापी रामजानकी विवाहपञ्चमीको पाचौं दिन आज जनकपुरधाममा रामसीताको मटकोर विधि मनाइँदै छ ।

जनकपुरको धार्मिक तथा एतिहासिक गंगासागरमा पुगेर आज दिउँसो मिथिलाको परम्परा अनुसार राम र जानकीको मटकोर गर्ने कार्यक्रम रहेको छ ।

मटकोरमा प्रसादको रुपमा भिजाइएको चना, चामल र खाने तेल वितरण हेर्न जाने श्रद्धालुलाई वितरण गर्ने गरिन्छ । विवाहको शुद्धिकरणका लागि मटकोर गर्ने परम्परा छ ।

आज मटकोटर सकिएपछि भोली बुधबार भगवान राम र जानकीको डोला फेर गरी सोयम्बर र विवाहको काज हुने छ । भोली विवाह र आइतबार राम कलेवा गरी विवाहपञ्चमी महोत्सव विधिवत समापन हुने जानकी मन्दिरका महन्त रामतपेश्वर दासले जानकारी दिए ।