मधेशटप

जनकपुरधाम।   गाई बस्तु तथा चोपायाको मुख्य आहार परालको मुल्य गत बर्ष भन्दा यस बर्ष मुल्य दोब्बर, तेब्बर पुगेको छ ।

धनुषा  जिल्ला सहित देश भरी कार्तिक पहिलो साता आएको बैमोसमि बर्षा र बाढीका कारण किसानहरुले लगाएको तरकारी बाली लगायत धान बालि नष्ट भएपछी अहिले पराल नपाएको तथा अभावका कारण परालको मुल्य मुल्य दोब्बर, तेब्बर भएको स्थानीय किसानहरुले जानकारी दिएका हुन।

 

पराल नपाएपछी मुल्य दोब्बर, तेब्बर हालेर पनि पाउन निकै गाह्रो भइरहेको लक्ष्मीनिया  गाउँपालिकाका स्थानीय किसान अभिनासले बताए । स्थानीय किसान यादवका अनुसार एक त बर्षा र बाढीले तरकारी, धान बाली नस्ट गरिसक्यो र बाढीमा आएको माटो र बालुवा धान खेतमा बसेपछि अहिले माटो र बालुवा सुकेर धान र परालमा धुलै धुलो भएपछी गाई बस्तुलाई खुवाउन नसक्ने भएको छ।

हामी किसानलाई पराल नपाउनु र पाए पनि दोब्बर तेब्बर मुल्यमा हालेर किन्नु पर्ने बाध्यता नै रहेको बताएका छन। गत बर्ष प्रति कठ्ठा २ सय ५० रुपैया देखि ३ सय ५० रुपैया सम्ममा प्रसस्त पाउने गरेको थियो। भने यस बर्ष बेमौसमी बर्षा र बाढीका कारण प्रती काठ्ठा ७ सय रुपैया देखि १ हजार सम्ममा विक्री हुने गरेको बताए ।