उदयपुर । उदयपुरमा मोटरसाइकल दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका ३ हात्तीसारमा गएराति मोटरसाइकल दुर्घटना हुदाँ मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरूषको घटनास्थलमै मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ । दुर्घटनामा १ जना गम्भीर घाइते समेत भएका छन् ।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार सप्तरीको मौहुली बस्ने २५ वर्षीय विजय घतानीको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । गएराति १ बजे उदयपुरको फत्तेपुरबाट रामपुरतर्फ जाँदै गरेको प्रदेश २-०३-००९ प ४८४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय बेलटारले जानकारी दिएको छ ।