काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नभए सडकमा उत्रिने बताएका छन्।

नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् । ठाकुरले भनेका “हाम्रो अनसन्तुष्टि संविधानमा छ, हाम्रा माग पूरा नभए फेरि सडकमा उत्रिन्छौं। सरकारले दवाउन खोजे ज्यालामुखी जस्तै विस्फोट हुन्छ।”

अझै पनि आफ्ना नेता र कार्यकर्ता जेलमा रहेको जिकिर गरेका छन्। साथै रेशम चौधरी लगायत नेता जेलमा रहेको उल्लेख गर्दै उनले उनीहरूविरुद्धको मुद्दा फिर्ता लिन पनि आग्रह गरेका छन्। यसमा कांग्रेस लगायत सबै दलले सहयोग गर्नुपर्ने ठाकुरको भनाइ थियो।