मधेशटप।

जनकपुरधाम।  लोकतान्त्रिक समाजवादी पार्टी नेपालको महोत्तरी जिल्ला अध्यक्षमा रामबाबु साहलाई मनोनयन गरिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रिय अध्यक्ष महन्थ ठाकुर द्घारा जारी गरिएको पत्र अनुसार जिल्ला अध्यक्षमा साहलाई मनोनयन गरिएको हो ।

लोसपाको अन्तरिम विधान अनुसार जिल्ला अध्यक्षमा साहलाई मनोनयन गरिएको पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै जिल्ला पर्यवेक्ष्कमा प्रदेश नं २ का पूर्व समाजिक विकाश राज्यमन्त्री अभिराम शर्मालाई जिम्मा दिएको लोसपा नेपालले जनाएको छ ।

जनता समाजवादी पार्टीबाट अलग भएपछि लोसपाले जिल्लाहरुमा जिल्ला अध्यक्ष लगायत आफनो संगठन बनाउँन लागेको हो ।