जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले मानव अधिकारको संरक्षण मानव जिवनको लागी अत्यावश्यक रहेको बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगद्वारा ७३ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा जनकपुरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले मानवलाई समान्य जीवन यापनका लागि समेत मानव अधिकारको प्रत्याभूति हुनु आवश्य रहेको उल्लेख गरेको थियो ।

मानव अधिकार संरक्षणको लागी प्रदेश सरकार सदैव तत्पर रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउत मानव अधिकारबाट बंचित समाजका उत्पिडित वर्गहरुको लागी प्रदेश सरकार एक पछि अर्को कार्यक्रमहरु ल्याइ रहेको दावी गरे ।