मकवानपुर । टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मकवानपुरको हेटौडा उपमहानगरपालिका १९ दारिमटारमा आज बिहानै टिपरको ठक्करबाट चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक चितवनको रत्ननगरका ४० वर्षीय युवराज आचार्य रहेको प्रहरीले जानकारी दिएको छ ।

उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। दुर्घटनामा पछाडी सवार व्यक्ति भने घाइते भएका छन् । घाइते भएका बाग्लुङका ३३ वर्षीय नुर बहादुर थापाको चुरेहिल अस्पताल हेटौडामा उपचार भइरहेको छ ।

हेटौडाबाट मनहरीतर्फ जाँदै गरेको बाग्मति प्रदेश–०३–००१ ख १८४९ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको ना ४९ प ८२५२ नम्बरको मोटरसाइकललाई आज बिहान साढे ६ बजे ठक्कर दिएको थियो । दुर्घटना पश्चात फरार रहेका टिपर चालकको खोजी भइरहेको छ ।