काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले राजिनामा दिएका छन् ।

कांग्रेसको महाधिवेशनमा महामन्त्री पदमा हार व्यहोरेपछि रक्षामन्त्री मिनेन्द्र रिजालले राजिनामा दिएका हुन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेर रिजालले राजीनामा बुझाएका छन् ।

यसअघि नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भिक मतपरिणाम आएलगतै राजीनामा घोषणा गरेका थिए । प्रधानमन्त्री देउवाले रिजाललाई असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए ।