मधेशटप।

जनकपुरधाम। आन्दोलन घोषणा गर्न नपरोश चेतावनी सहित को प्रेस विज्ञप्ति रा.रा.व. क्याम्पस प्रमुखलाई ।

 

नेपाल विद्यार्थी संघ रा.रा.व. क्याम्पस एकाइ कमिटी द्वारा क्याम्पस प्रागण भित्रै बैंक शाखा को व्यवस्थापन यताशिघ्र मिलाउन आग्रह गर्दै समय मैं कार्यन्वयन नभएमा बाध्य भएर आन्दोलन घोषणा गर्नु नपरोस चेतावनी सहित को प्रेस विज्ञप्ति ने.वि. संघ रा. रा. व क्याम्पस एकाइ कमिटी का सभापति सुजीत यादव को नेतृत्व ले क्याम्पस प्रमुख लाई बुझाएका छन ।

 

क्याम्पस ले भाउचर काटेर विद्यार्थी हरुलाई बुझाए पछि ।विद्यार्थी हरुले शुल्क बुझाउन क्याम्पस बाट टाढा रहेको बैंक मा जानु पर्दा व्यर्थ समय खर्चिनु पर्नाले पढ़ाई मा असर परेको छ ।

विद्यालय को कक्षा संचालन को समय र बैंक को समय मा तालमेल नहुनुको कारणले कक्षा छोडेर बैंक भाउचर बुझाउन टाढा जानु परेको छ । यता बैंक मा अत्यधिक भीड-भाड र विद्यार्थी को पनि थुप्रै चाप रहेकोले समस्या उतपन्न भएको छ ।

उक्त विज्ञप्ति मा यता शीघ्र समस्या समाधान नभएमा बाध्य भएर आन्दोलन कार्यक्रम को घोषणा नगर्नु परोस चेतवानी दिएका छन ।

 

बैंक शाखा को व्यवस्थापन क्याम्पस प्रागण भित्रै भए विद्यार्थी हरुको समय पनि खेर जादैन र आफ्नो पठन-पाठन पनि अनुकुल ढंगले गर्न सक्छन । क्याम्पस बाटा टाढा जानु पर्ना ले असहज भएकोले क्याम्पस ले यसको व्यवस्थापन यताशिघ्र गर्नु पर्ने आवश्यक रहेको छ ।

विद्यार्थी हरुको हक हित र सहजता प्रति ने.वि संघ एकाइ कमिटी सदैव अग्रपंक्ति मा रहने एकाइ कमिटी का उपसभापति मनिष यादव ले बताए ।