राम एकवाल राम ,दोहा कतार – सबैला सेवा समिति कतारले कतार को राष्ट्रीय दिवसको अवसरमा शुभ कामना आदान प्रदान तथा विविध संस्कृतिक कार्यक्रमका साथ वनभोज सम्पन गरेका छन्।
कतारको राजधानी दोहा देखि ८० किलोमिटर टाढा रहेको रमणीय स्थल अल खोर सिमसिमा पब्लिक गार्डेनमा वनभोज कार्यक्रम सम्पन भएको हो।
कार्यक्रमलाई संस्थाका संरक्ष समितिका प्रमुख इ . रामइश्वर यादवको सभापतित्व तथा शुभास सह , साधु नायक ,संयोजक रंजित सह , उप संयोजक विजय,कोषा अध्यक्ष जितेन्द्र सह , माहा सचिव श्रीनारायण राम , सचिव राजीव मण्डल ,मिडिया संयोजक अरुण यादव लगायत ६० जना को उपस्थितिमा विभिन् संस्कृतिक एवं सबैला गाउको बारेमा विभिन्न चर्चा गरि वनभोज कार्यक्रम सम्पन गरेको सबैला सेवा समितिका माहा सचिव श्रीनारायण रामले जानकारी दिनुभयो।