मधेशटप,
जनकपुरधाम :
कालिका कृषि सहकारी संस्था लि.जनकपुरधाम-८ धनुषा र नेपाल लाईभस्टोक सेक्टर इनोभेसन आयोजना हेटौडा को सहयोगमा संचालित दुग्ध तथा दुग्धजन्य (डेरी उधोग)उप आयोजना ज.उ.म.न.पा को पहिलो सार्बजनिक सुनुवाई कार्यक्रम संस्थाकी अध्य्क्ष रिंकु कुमारी मिश्रको अध्य्क्षता तथा भुमि ब्यबस्था कृषि सहकारी मन्त्रालय पशु शाखाका प्रशासकीय अधिकृत डा.जिबेन्द्र झा ज्यु को उपस्थिति मा सम्पन्न भएको छ ।
दुग्ध तथा दुग्धजन्य (डेरी उधोग )उप आयोजना को कुल लागत रु.१३९५८२०९(१००%)मध्ये अनुदानाग्राहिको लगानी रकम रु.२७८९६०४ (१९.९९ %) ,अनुदानाग्राहिले बैंक वा बिक्तिय संस्थाबाट लिने ऋण रकम रु.४१८९५०० (३०.०१%)र आयोजनाको पुरक अनुदान रकम रु.६९७९१०५ (५०%) ,असोज २०७९ सम्म आयोजना सम्पन्न गरि सक्नु पर्ने सम्झौता रहेको संस्थाका प्रबन्धक महाशंकर ठाकुर ले जानकारी दिनु भयो ।
यो कार्यक्रम बाट सयौ जना लाभान्वित हुने उनले बताउनु भयो,भबन निर्माण,मेसिनरी खरिद तथा दुग्ध प्रसोधन डेरी उधोग स्थापना बाट उपभोक्ता लाई दहि दुध,पनिर्,आईसक्रिम लगायत परिकारहरु उपभोक्ता माझ लगिने उहाले बताउनु भयो।
प्रमुख अतिथि डा .झा ले उप आयोजना बाट बेरोजगारी समस्या केहि मात्रामा समाधान हुने तथा उपभोक्ता ले ताजा दुध का परिकार समेत उपलब्ध सजिलै गर्न सकिने उहाले बताउनुभयो ।
कार्यक्रमको सम्बोधन गर्दै उहाले संस्थालाई आबस्यक परे जस्तो सुकै सहायो गर्न मन्त्रालय तयार रहेको कुरा डा.जिबेन्द्र झा ले बताउनु भयो।
उक्त कार्यक्रम मा लोसपा नेता सुमनकान्त ठाकुर,बशिस्ठ कोचिनग ट्रेनिंग प्रा.लि.का प्रमुख तथा जसपा नेता सुरेन्द्र यादब,संयुक्त एम्बुलेन्स चालक संघ धनुषा अध्य्क्ष अरमान कुमार साह ,मध्यमान्चल कृषि बिकास कम्पनीका प्रतिनिधि,मिथिला महिला प्रतिस्ठान का अध्य्क्ष बबी कण्ठ,समाजसेबी ,पत्रकार तथा नेपाल लाइभस्टोक सेक्टर इनोभेसन आयोजना का सोसल मोबिलाइजर अमृत चौधरी जय कुमार साह लगायत ले आ आफ्नो धारणा राख्नु भएको थियो ।
Discussion about this post