सर्लाही । सशस्त्र प्रहरी बल दुई नम्बर प्रदेश स्थित बाहिनीबाट सर्लाहीमा खटिएको स्क्वार्ड टिम र मलंगवा स्थित बिअाेपीकाे संयुक्तरूपमा खटिएको समूहले एक लाख पन्ध्र हजार नक्कली भारतीय रूपैयाँ सहित दुई जना भारतीयलाई पक्राउ गरेको छ।

भारत सितामढी घर भएका अाषिश कुमार र प्रमाेद कुमारलाई उक्त नक्कली भारू सहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

भारतीय नम्बर BR 304 4139 नम्बरकाे माेटरसाइकल मार्फत मलगंवा भन्सार हुदै भारत तर्फ लागेका उनीहरूकाे क्रियाकलाप शंकास्पद लागेपछि सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त नक्कली भारू पक्राउ गरेको जानकारी मलगंवा बिअाेपीका सशस्त्र प्रहरी निरीक्षक उमेश कार्कीले जानकारी दिए।