मधेशटप,

जनकपुरधाम : महोत्तरी जिल्लाको  भंगहा नगरपालिकाका मेयर संजिवकुमार साहले नगरपालिका  कार्यलयलाई १० कठ्ठा १९ धुरा जग्गा दान गरेका छन् ।

केहिदिन अघि समाजिक सञ्जाल फेसबुकमा पोस्ट लेख्दै नगरपालिकालाई प्रशासनिक भवन निर्माणको लागि आफ्नो १० कठ्ठा १९ धुर  जग्गा दिने घोषणा गरेका थिए ।

सोहि अनुसार उनले भंगहा नगरपालिकाको केन्द्र रहेको वडा नं. ५ सीतापुरमा आमा फुली देवी सुडीको नाममा रहेको १० कठ्ठा १९ धुर जग्गा नगरपालिका कार्यालयको नाममा पास गरेका हुन् ।

आइतबार मालपोत कार्यालय महोत्तरीमा नगरपालिका कार्यालयको नाममा सो जग्गा पास गरिदिएको मेयर साहले बताए ।

हाल सो जग्गा डेढ करोडभन्दा बढी मूल्य बराबरको रहेको मेयर साहको भनाइ छ । उनका अनुसार हाल चलनचलतीको सो ज ग्गाको मूल्य प्रतिकठ्ठा १५ लाख रुपैयाँ छ ।

झण्डै एक वर्ष अघि एक स्थानीयले नगरपालिका भवन निर्माणको लागि जग्गा दिएका थिए । सोहि जग्गामा भवन निर्माणको शिलान्यास समेत गरिएको थियो । तर ती व्यक्ति पछाडि हटेपछि नगरपालिकाको भौतिक संरचना निर्माण गर्न जग्गा दिएको मयर साहको भनाइ छ ।