सिरहाको गोलबजार नगरपालिका -१० स्थित सुकुमबासी मुसहर बस्तीका विपन्नको शीतलहर छल्ने घरमा थरथर काँप्दै बाँच्न बाध्य भएको छ।
गोलबजार नगरपालिका–१० मुसहरी टोलकी श्यामदेवी सदायको बिछ्यौना- परालले छाएको सानो छाप्रो रहेकाे ,एकातिर काठ र अर्कातिर परालकै बोझाले बारबेर गरेर चिसो भूइँमा बनाइएको डसना त्यसमाथि पातलो सुकुल ओछ्याइको छ। सानो छाप्रो नजिकै चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएको ओढ्ने राखिएको छ।
त्यही सितलहरमा सानो झोपडीको बिछ्यौनामा सिरेटो झेल्नु उनीलाई धेरै नै कष्टकर बनेको छ। परिवारमा चारजना छोराछोरी र वृद्ध सासुलाई छाप्रोभित्र राखेर श्याम दम्पती घर बाहिर खुला आकाशमुनि आफ्नो कष्टकर जीवन बिताउन बाध्य रहेकी छिन्।
उनले यस सितलहरको जाडो छल्न परालसँगै घरका पुराना कपडा बेरेर छाप्रोको भ्वाङ टालेका छन्। चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएका ओढ्ने ओढेर जसोतसो चिसो छल्छिन् तर धेरै नै कष्टकर बन्दै गएको छ।
मुसहरी टोलकी ७० वर्षीया मलभोगीया सदायले शरीरलाई न्यानो बनाउन आगो तापेरै रात बिताउने गरेको सुनाइन्। चिसो बढेपछि अति विपन्न र गरिब बस्तीमा परालकै सिरक–डसना र परालै बालेर जीवनयापन गर्नु पर्ने सदाबहार बाध्यता छ।
सिरहाको गोलबजार–१० को यो मुसहर वस्ती घुर्मी खोलाको डिलमा अडिएको छ। यस वस्तीका पुरुषहरू ट्याक्टर,दाउरा बेचेर र अरुमा मजदुरी गरी जीविका चलाउँछन्। महिलाहरू कृषि र दैनिक ज्यालादारीमा काम गर्छिन्। ‘मजदुरी गरेर कमाएको पैसाले अन्नपात जोड्ने कि न्यानो लुगा? यस बस्तीका विपन्नहरूको सामूहिक आवाज रहेको छ।
वस्तीकी जँगली सदाय भन्छिन्,‘सरकार गरिबके जाड स बचावके लेल कोनो उपाय नै करै छै (सरकारले गरिबलाई चिसोबाट जोगाउन कुनै उपाय गर्दैन)। जाड स कठुवाई छि। अखन तक कोइ ने किछो देलक (चिसोले कठ्यांग्रिँदै छौं तर हाम्रो वस्तीमा सरकारी,गैरसरकारी राहत आइनपुगेको छैन)।’
गत वर्ष स्थानीय तहमार्फत दाउरा वितरण अभियान थाले पनि त्यो विपन्न वस्तीसम्म पुगेन। न त संघसंस्थाकै व्यक्तिले बाँडेका कम्बल हाम्रो वस्तीमा पुग्यो,जंगलीले गुनासो पोखिन्। साँच्चिकै आवश्यकता परेकालाई भन्दा पनि मन परेका व्यक्तिलाई त्यस्ता कम्बल बाँड्ने गरिएको पीडितको आरोप छ।
गोलबजार नगरपालिका -१० स्थित सुकुमबासी मुसहर बस्तीमा स्थानीय तहको सरकारले कुनै पनि किसिमको राहत तथा आर्थिक सहयोग प्रदान गरेको छैन।
यता, सरकारले बिहानको समयमा हुस्सु/कुहिरो लाग्नका साथै मधेशमा चिसो(सितलहर) बढ्ने क्रममा रहेकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्ले अनुरोध पनि गरेका छन् ।
Discussion about this post