मधेशटप डेस्क, जनकपुरधाम । २०७८ पौष ०६, मंगलवार।

दक्षिण अमेरिकी देश चिलीको राष्ट्रपतिमा इतिहासकै सबैभन्दा कम उमेरका व्यक्ति निर्वाचित भएका छन् ।

३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक राष्ट्रपति बन्ने पक्का भएको हो । उनले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गरेकाे बीबीसीले जनाएको छ । हिजो भएको राष्ट्रपतीय चुनावमा ३५ वर्षका युवा नेता बोरिकले ५६ प्रतिशत मत पाए भने कास्तले ४४ प्रतिशत मत पाए ।

बोरिकले आफू गम्भीर चुनौतीको सामना गर्न तयार रहेको बताएका खबरमा उल्लेख गरिएको छ । राष्ट्रपतिमा निर्वाचित भएका बोरिक विद्यार्थी नेता समेत हुन । उहाँले सन् २०१९ र २०२० असमानता तथा भ्रष्टाचारविरोधी प्रदर्शनमा समर्थन गरेको थियो ।

चिलीमा सरकार विरुद्ध भएको व्यापक प्रदर्शनपछि राष्ट्रपति पदको चुनाव भएको हो । बोरिकले असमानता अन्त्यका लागि आफू प्रतिबद्ध रहेको बताए ।