कपिलवस्तु । जनता समाजवादी पार्टीका नेता मङ्गल गप्ता नेकपा एमाले प्रवेश गरेका छन्।

कपिलवस्तुको बहादुरगञ्जमा आयोजित एमालेको बृहत् जनसभामा अध्यक्ष केपी शर्मा ओलीले सदस्यता दिएर गुप्तालाई पार्टीमा स्वागत गरेका हुन्।

गुप्तासँगै अन्य नेता कार्यकर्ता पनि पार्टी प्रवेश गरेको कपिलवस्तु एमाले कार्यालयले जनाएको छ ।