मधेशटप,

जनकपुरधाम ।   प्रदेश २ को प्रदेशसभा बैठकमा प्रदेश नामकरणका लागि प्रस्ताव पेस भएको छ । सत्तारुढ दलभित्रै प्रदेशको नामकरणमा मतभिन्नता देखिएको छ । बिहीबार बसेको प्रदेशसभाको आठौं अधिवेशनको दोश्रो बैठकमा ‘मधेस प्रदेश’, ‘जानकी प्रदेश’, ‘मध्यमधेश प्रदेश’ र ‘मिथिला भोजपुरा’ नाम पेस भएको हो ।

 

सत्तारुढ मध्येका जसपा नेपाल  र माओवादी र लोसपा नेपाल मधेस प्रदेशको पक्षमा छन् भने काँग्रेस मिथिला भोजपुरा प्रदेशको पक्षमा छन् । काँग्रेसका  १ जना प्रदेशसभा सदस्यले मध्य मधेस प्रदेश र नेकपा एमालेले जानकी प्रदेश नाम राख्न प्रस्ताव पेस गरेका छन् । प्रमुख प्रतिपक्षी लोसपा  नेपालले सत्तारुढ जसपा र माओवादी केन्द्रले ल्याएको मधेस प्रदेशको नाममा समर्थन गरेका छन् ।

प्रदेशसभा बैठकमा धेरैजसो प्रदेशसभा सदस्यले प्रदेशको स्थायी राजधानी जनकपुर नै हुनुपर्ने बताएका छन् भने केहीले वीरगंजलाई राजधानी बनाउन माग गरेका छन् ।

सुन्दर विश्वकर्मा, अभिराम शर्मा, डा.रिना यादव, सुरिता साह, करिमा बेगम, भिमा रावल, ज्ञानेन्द्रकुमार यादव लगायतकाले स्थायी राजधानी र प्रदेश नामाकरणको सम्बन्धी छलफलमा भाग लिएका थिए ।