नेपाली कांग्रेसको प्रदेश २ नेतृत्व चयनका लागि भएको चुनावमा केन्द्रीय सभापति शेरबहादुर देउवा समूहहका कृष्ण यादव प्रदेश सभापति पदमा विजयी भएका छन्।

केही बेरअघि सकिएको मतगणनामा प्रतिस्पर्धी रामसरोज यादवलाई १४१ भोटले उछिन्दै कृष्ण यादव कांग्रेसको प्रदेश २ सभापति बनेका हुन्। औपचारिक घोषणा गर्न भने बाँकी छ।

रामसरोज विमलेन्द्र निधि पक्षका उम्मेदवार हुन् भने उनलाई शेखर कोइरालाको समूहले पनि समर्थन गरेको थियो।

निर्वाचन समितिका  अनुसार बिहीबार राति सकिएको मतदानमा कूल १८८१ मत खसेको थियो।

तीमध्ये ३० मत बदर भए भने विजयी कृष्ण यादवले ९ सय ९६ मत पाए, पराजित रामसरोजले ८ सय ५५ मत ल्याए।