मधेशटप,

जनकपुरधाम :

हरियाली दिदीबहिनी कृषि सहकारी संस्था लि. धनुषाधाम -९  धनुषा र नेपाल लाईभस्टोक सेक्टर इनोभेसन आयोजना हेटौडा को सहयोगमा संचालित गाई , भैसी फार्म संचालन तथा उत्पादन प्रवर्धन – उप आयोजना ध.न.पा को वडा न. ७ को  पहिलो सार्बजनिक सुनुवाई कार्यक्रम संस्थाकी अध्य्क्ष बबी  कर्णको अध्य्क्षता तथा पशु बिज्ञकेन्द्रका कार्यलय प्रमुख  इन्द्रदेव साह को उपस्थिति ८: ३० देखि सुरु भएको कार्यक्रम ९:३० मा  सम्पन्न भएको थियो  ।

गाई , भैसी फार्म संचालन तथा उत्पादन प्रवर्धन उप आयोजना को कुल लागत रु.१२११११२(१००%)मध्ये अनुदानाग्राहिको लगानी रकम रु.२००५५५६ (१६.५६ %) ,अनुदानाग्राहिले बैंक वा बिक्तिय संस्थाबाट लिने ऋण रकम रु.४०५०००० (३३.४४ %)र आयोजनाको पुरक अनुदान रकम रु.६०५५५५६  (५०%) ,असोज २०७९ सम्म आयोजना सम्पन्न गरि सक्नु पर्ने सम्झौता रहेको संस्थाकी अध्यक्ष  बबी कुमारी कण्ठले  जानकारी दिइन ।

यो कार्यक्रम बाट सयौ जना लाभान्वित हुने उनले बताउए ,गाई , भैसी फार्म संचालन तथा उत्पादन प्रवर्धन,भवन निर्माण, स्थापना बाट उपभोक्ता लाई दहि,दुध  लगायतका प्रकारहरु  उपभोक्ता माझ लगिने कर्णले बताइन ।

 

प्रमुख अतिथि  पशु बिज्ञकेन्द्रका कार्यलय प्रमुख  इन्द्रदेव साह उप आयोजना बाट बेरोजगारी समस्या केहि मात्रामा समाधान हुने तथा उपभोक्तालाई ताजा  भैसीका फार्म संचालन तथा उत्पादन  समेत उपलब्ध सजिलै गर्न सकिने उनले बताइन ।

कार्यक्रमको सम्बोधन गर्दै उनले  संस्थालाई आबस्यक परे जस्तो सुकै सहायो गर्न मन्त्रालय तयार रहेको कुरा यादवले बताउनु भयो।

सो कार्यक्रममा  डिस हेटौडाका पशुसेवाका कर्मचारी मनोज कुमार यादव,सुशील झा, कालिका कृषि सहकारीका प्रवन्धक महाशंकर ठाकुर सहित हरियाली दिदीवहिनी कृषि सहकारी संस्था लि कि सदस्यीयहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।

साथसाथै ९: ३० देखि शुरु भएको कर्यक्रम धनुषबाबा पशुपालन समुह धनुषाधाम न. पा ९ मा  आज सार्वजनिक सुनुवाई  कार्यक्रम सम्पन्न भएको थियो ।

धनुषबाबा पशुपालन समुह र नेपाल लाईभस्टोक सेक्टर इनोभेसन आयोजना हेटौडा को सहयोगमा संचालित  ब्यवासायिक बाख्रापालन तथा मासु जन्य उत्पादन को उप आयोजना ध.न.पा को वडा न. ७ को  पहिलो सार्बजनिक सुनुवाई कार्यक्रम संस्थाकी अध्य्क्ष पन्चीमायाको अध्य्क्षता तथा पशु बिज्ञकेन्द्रका कार्यलय प्रमुख  इन्द्रदेव साहको उपस्थिथिमा सुनुवाई कायक्रम सम्पन्न भएको थियो ।

ब्यवासायिक बाख्रापालन तथा मासु जन्य उत्पादन को उप आयोजना को कुल लागत रु.६८२६४२१ (१००%)मध्ये अनुदानाग्राहिको लगानी रकम रु.१३१६२१० (१९ %) ,अनुदानाग्राहिले बैंक वा बिक्तिय संस्थाबाट लिने ऋण रकम रु.२०९७००० (३१ %)र आयोजनाको पुरक अनुदान रकम रु.३४१३२१०  (५०%) ,असोज २०७९ सम्म आयोजना सम्पन्न गरि सक्नु पर्ने सम्झौता रहेको संस्थाकी अध्यक्ष पन्चीमायाले  जानकारी दिइन ।