ललन कुमार चौरसिया।
रौतहट ११ पुस।
रौतहट जिल्लामा प्रथम पटक राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी भएकाे दुई खेलाडीलाई खेल सामग्री र नगद सहित सम्मानित गर्नु भएको हो ।
प्रदेश नं २ को महिला क्रिकेट टिममा गौर ना. पा. वडा नं २ कि मधु राउत तथा सही ना. पा. वडा नं ३ कि मोनिका साह आफ्नो स्थान बनाएकी छिन् ।
ज्ञान ज्योति इङ्ग्लिस बोर्डिङ्ग स्कूलकी मधु र सत्य शिशु निकेतनकी मोनिकालाई आज कार्यक्रमको बिच गौर नगरपालिकाका लोकप्रिय. जुझारु, समाजसेवी युवा नगर प्रमुख श्री अजय कुमार गुप्ता तथा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले क्रिकेट टिमलाई वितरण गरिएको छन ।
रौतहटमा पहिलो पटक किशोरीहरु क्रिकेट खेलनका लागि प्रदेश हुदै राष्ट्रिय स्तरको प्रतियोगितामा पुगे पछि गौर नगरपालिकाका नगर प्रमुख गुप्ताले उनीहरुलाई किट प्रदान गर्ने घोषणा गरेकाे हो । सोही घोषणा अनुरुप आज खेल सामग्री उपलब्ध गराएको नगर प्रमुख गुप्ताले जनाएँ ।
त्यस्तै गरी गौरको  इलेक्ट्रोनिक्स प्लाजाले दुवै खेलाडीहरूलाई नगद पुरस्कार वितरण गर्नुभएको हो । खेलाडीको मनोबल बढाउनको लागी यो पुरस्कार उपलब्ध गराएको इलेक्ट्रोनिक्स प्लाजाका संचालक संतोष केशरीले जनाएँ ।
सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही, नेपाल प्रहरीका उपरिक्षक विनोद घिमिरे तथा संचारिका समुहकी अध्यक्ष नितु पंडितको उपस्थीति रहेको थियो ।