रौतहट १३ पुस।

 

 

 

ललन कुमार चौरसिया ।

 

 

 

रौतहट जिल्लाको सदरमुकाम रहेको गौर नगरपालिका द्वारा जेष्ठ नागरिकहरूलाई सम्मान कार्यक्रम गरेको हो ।

 

 

 

सामाजिक सुरक्षा भत्ता लिदैं गरेको ७० बर्ष नाघि उमेर भन्दा माथिका बृद्वा बृद्वालाई सम्मानित उदेश्य लिई नगर प्रमुख अजय कुमार गुप्ताले यस्तो अभियान कार्यक्रम गरि थिएँको हो ।

 

 

 

आफ्नो छोरा बुवा आमालाई बृद्वाहरूलाई सधैं सम्मान गरोस भन्ने लक्ष्यका साथ यस्तो अभियान शुरु गरेको नगर प्रमुख गुप्ताले जानकारी दिएको हो ।

 

 

 

गौर नगरपालिका वडा नं. ७ स्थित सिसावामा आज आयोजित जेष्ठ नागरिकहरूको लागि सम्मानित कार्यक्रमलाई सम्वोधित गर्दै नगर प्रमुख गुप्ताले पालिकामा रहेको जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम गरि । बृद्धा अवस्थामा रहेका अभिभावकलाइ अपमान नगरी सम्मान गर्नु पर्ने संदेश यो अभियानले दिने प्रस्ट पारे । करिव २ हजार भन्दा बढी संख्या रहेको जेष्ठ नागरिक महिला पुरुषलाइ कम्बल , होर्लिक्स , टर्च , दोसल्ला प्रदान गर्ने निर्धारण गरिएको उल्लेख गर्दै जेष्ठ नागरिकलाइ चिसोबाट जोगिनको लागि न्यानो कपडा दिने गरिएको बताए ।

 

 

 

वडा अध्यक्ष मजहर खाको अध्यक्षतामा भएको सो कार्यक्रममा १०६ जना जेष्ठ नागरिक महिला पूरुषलाइ उक्त सामग्री दिएर सम्मान गरिएको थियो ।

 

 

 

नगर पालिकाबाट पाएको कम्बल र दोसल्लाबाट चिसोबाट बच्नको लागी सहयोग पुग्ने उहाँहरूको भनाई रहेको छ । पुर्व वडा अध्यक्ष शिवचन्द्र चौबे  भन्ने नगर प्रमुख गुप्ताले गरेको काम जेष्ठ नागरिक समान कार्य सराहनीय रहेको स्थानीयहरूले बताएँ ।