मधेशटप,

राैतहट।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलकाे सेटिङ र संलग्नतामा राैतहटकाे बेलबिछुवा र ब्रम्हपुरी नाकाबाट ठूलो मात्रामा रक्सीको तस्करी सुचारु भएको छ।

रक्सी व्यापारीहरूले दुबै प्रहरीको स्थानीय कार्यालय प्रमुखहरूलाई मिलाएर उक्त तस्करी धन्दा चलाएका हुन । रक्सी तस्करीको लाइन पाउनेमा बिरेन्द्र सिंह , निरज सिंह र सुरेश यादव रहेका छन् ।

उनीहरूले गाेल्डेन अाेके , कस्तुरी र साेभिया ब्रान्डका रक्सी बाेरामा प्याक गरि माेटरसाइकल र गाडीको माध्यमबाट भारत तर्फ ठूलो मात्रामा तस्करी गर्दै अाइरहेका छन् ।

यसरी रक्सी तस्करी गर्न छुट दिएवापत व्यापारीहरूले जनही ३५ हजारकाे दरले स्थानीय दुबै प्रहरी युनिटका प्रमुखहरूलाई दिदै अाएकाे व्यापारीहरू नै बताउँछन् । त्यसैगरी नेपाल प्रहरी र सशस्त्र प्रहरीका घुमुवाहरूलाई पनि १५ हजारका दरले दिने गरेको पनि खुलेको छ।