मधेशटप,

जनकपुरधाम। शुक्रबार राजर्षी जनक विश्वबिधालयका बिद्यार्थीहरु ले पत्रकार सम्मेलन गर्दै , क्याम्पसका पदाधिकारीहरुले जीवन संग खेलवाड गर्दै आइरहेकोले आफुहरुको जीवन अन्धकारमा गईसकेको गुनासो व्यक्त गरेका हुन्।

बिगत ६ महिना देखि पटक पटक आन्दोलन गरेर आफ्नो अधिकारको लागि विभिन्न निकाय पुगिसक्यौ तर न्याय पाएनौ भनेर बताएका हुन्।

विद्यार्थीहरुले, क्याम्पस को आन्तिरक किर्याकलापले विद्यार्थीहरुका पठन पठानमा परेको नकारात्मक असरलाई समाधान गरि पुन :कक्षाहरु सुचारु गरिदिन अनुरोध गरेका हुन्।

यस अघि बिगतमा यस क्याम्पसका शिक्षक लगायत बिद्यार्थीहरुहरुले तालाबन्द, चक्काजाम, धर्ना जस्ता कार्यक्रमहरु गरेर क्याम्पस प्रति बिरोध जनाएका थिए।