रञ्जन भण्डारी

महोत्तरी,१७ पौष ।

महोत्तरी  जिल्लाको बर्दिबास नगरपालिका वडा नं-४ पुर्व पश्चिम राजमार्ग (माइस्थान चाेक) अन्तर्गत पुर्व बाट पश्चिम तर्फ जादै गरेकाे ज ६ प८३४२ नं काे माेटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा माेटरसाइकल चालकको मृत्यु भएको छ ।

सर्लाही जिल्ला इश्वरपुर नगरपालिका वडा नं -४ भक्तिपुर बस्ने अन्दाजी बर्ष ४८काे भुवन प्रसाद उपाध्याय काे दुर्घटना स्थलमा नै मृत्यु भएको हो। दुर्घटना पश्चात उनलाई बर्दीबास स्थित शुभ-स्वस्तिक अस्पताल लगिएकोमा चिकित्साकले मृत घोषणा गरेका छन ।शनिवार अपरान्ह ३ बजे सड़क दुर्घटनामा उनको मृत्यु भएकोमा शव हाल सोहि अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।