मधेशटप, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित पुनः एक ट्रकमा आगजनी गरिएको छ ।

पूर्व पश्चिम राजमार्गको सिरहा मिर्चैयास्थित सोमबार बिहान करिब ६ बजेको समयमा ट्रकमा आगजनी गरिएको हो । डा. सिके राउत नेतृत्वको जनमत पार्टी र किसानहरुले सँयुक्त रुपमा राजमार्ग बन्दको आह्वान समेत  गरिएको  छ ।

मिर्चैयाको बतहा ब्रिज (बतहा पूल) स्थित आज बिहानै ना ४ ख १००९ नम्बरको ट्रकमा आगजनी भएको हो । आगजनीबाट ट्रक क्षतिग्रस्त बनेको छ ।