मधेशटप, पुस १९ गते, सोमवार।

महाेत्तरी। सशस्त्र प्रहरी बलकाे महाेत्तरी स्थित खुट्टा पिपरादी बेशका सई निलहरी दाहालको कमान्डमा खटिएको टाेलीले हतियार बरामद गरेको छ।

जिल्लाकाे लाेहारपट्टी नगर पालिका ९ पिपरादी बस्ने माेहम्मद राजा कवाडीकाे साथबाट युएस मेड लेखिएकोनाै एम एमकाे पेस्तोल एक थान सहित लागुअाैषध नाइट्रामिट १० पिस समेत बरामद गरि अावश्यक कारवाहीकाे लागि नेपाल प्रहरीलाई बुझाएको सशस्त्र प्रहरीकाे दुई नम्बर बाहिनीले जानकारी दिएको छ।