जनकपुरधाम , पुष २० । नेपालमा मंगलबारदेखि फेरि नयाँ मौसमी प्रणाली भित्रिएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव शनिबारसम्मै रहने र बर्षा तथा हिमपात हुने मौसमविदको अनुमान छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै यो प्रणालीका कारण चिसो बढ्ने र हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर गर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

तराईमां  अहिले यसको सामान्य प्रभाव देखिइसकेको छ ।

अहिले सो क्षेत्रमा बादल लागेको छ । सुदूरपश्चिममा बुधबारदेखि पानी पर्न सुरु गर्ने छ । आइतबारदेखि भने यो प्रणाली कमजोर हुने र मौसममा क्रमिक सुधार हुने महाशाखाले जनाएको छ ।