जनकपुरधाम । प्रदेश २ की आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कुमारी कर्ण सवार गाडी सप्तरीको छिनमस्ता गाउँपालिका १ मा दुर्घटनामा भएको  छ ।

प्रहरीका अनुसार जोलहनिया पुल नजिकै राज्यमन्त्री  सवार ज १ झ ४०६ नम्बरको गाडी पल्टेको हो । उक्त गाडीमा राज्यमन्त्री कर्णको सुरक्षा गार्ड र चालकसहित ६ जना सवार थिए ।

गाडी पल्टेपछि गाडीमा सवार राज्यमन्त्री कर्ण, सुरक्षा गार्ड तुलसी प्रसाद साह, चालक विकेक मण्डल र अन्य तीन जना समेत घाईते भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो  । उनका अनुसार राज्यमन्त्री कर्णको छाती र हातमा चोट लागेको छ ।

राज्यमन्त्री कर्ण, सुरक्षा गार्ड र चाललकसहित घाईते सबैको उपचारका लागि राजविराजको छिन्नमस्ता अस्पताल लगिएको छ । गाडी कसरी पल्टियो भन्ने कुरा थप वीवरण आउन वाकी  छ ।