जनकपुरधाम । सशस्त्र प्रहरी बल दुई नम्बर प्रदेश स्थित बाहिनीबाट खटिएको रटाेली र स्थानीय बिअाेपीले हुण्डीकाे रकम बरामद गरेको छ।
३७ लाख ३५ हजार रूपैयाँ बरामद गरेको बाहिनीले जानकारी दिएको छ।
धनुषाको नगराईनमा स्थानीय बिओपीका सई संजय प्रसाद बराल र बाहिनीबाट खटिएका हवल्दार अात्माराम पटेलकाे संयुक्त टाेलीले धनुषा लक्ष्मीनिया गाउँपालिकाका अमित कुमार यादवको साथबाट स्रोत नखुलेको हुण्डीकाे रकम बरामद गरेको हो ।