मधेशटप समाचारदाता,

संजित कुमार मंडल,

महोत्तरी, २३ पुस । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नं.- ८ मा नेपाल रेडक्रस सोसाईटी महोत्तरी शाखाको बजराही उपशाखाले आज १०० परिवारलाई कम्बल वितरण गरेको छ ।

पुस महिना शुरु भएदेखि नै जिल्लामा जाडो बढेपछि जाडोबाट प्रभावित भएका वडा जलेश्वर न.पा. वडा नं. ८ अन्तर्गतका बजराही, रमौल र रतवाराका १०० परिवारलाई रेडक्रस उपशाखा बजराहीले प्रतिपरिवार एक/एक वटा कम्बल वितरण गरेको हो ।
नेपाल रेडक्रस सोसाईटी महोत्तरी शाखाका कोषाध्यक्ष बिजय कुमार गुप्ता, जिल्ला कार्यसमिति सदस्य अवधेश ठाकुर, बद्री नारायण झा, स्वयंसेवक दिलीप मिश्र, स्थानीय विपेन्द्र पाण्डे सहितको उपस्थितिमा वडा नं.८ का १०० परिवारलाई कम्बल वितरण गरिएको हो ।

जाडोबाट प्रभावित रहेका बजराही, रमौल र रतवाराका १०० परिवार चिसो छल्नका लागि कम्बल प्राप्त गरेपछि निक्कै खुशी देखिएका छन् ।