मधेशटप,पुस २३ गते ।

जनकपुरधाम। अङ्ग्रेजी नयाँ साल २०२२  लगतै जनकपुरधाममा बाहिरी पर्यटकहरु को भिड देखिएको छ।

करिब २ हप्ता देखि जनकपुर मा पर्यटकहरु को भिड देखिन थालेका छ। यहाँ रहेका जानकी मन्दिर, राजदेवी मन्दिर, राम मन्दिर जस्ता प्राचिन सक्तिपिठ हरु मा पर्यटक हरु को निकै भिड देखिएको छ।

भारतको उत्तर प्रदेश, बिहार प्रदेश साथै नेपालको भिभिन्न ठाउँहरु बाट आएका स्रधालु(पर्यटक) हरु, आफु जनाकि मंदिर तथा राजा जनक को नगरी मा आएर गौर्भंभिक भएको बताएका हुन्।

 

साथै जनकपुरको गोपाल धरमशाला, राम मन्दिर वरिपरि को ठाउँ हरुमा गाडी को लामो लाईन समेत देखिएको छ। यस अघि २०२२ को पहिलो दिन( नयाँ साल ) पर्यटक हरु को भारि भिड देखिएका थिए।