मधेशटप डेस्क,

जनकपुरधाम, पुस २४  ।आज सप्तरी जिल्लाको  तिलाठी कोइलाडी गाउँपालिका वडा नं ५ वनरझुला आधारभुत विद्यालयको २ कोठे भवनको शिलान्यास   भएको थियो ।

प्रदेश २ का  सामाजिक विकास मन्त्रालयको सहयोगमा सप्तरीको वनरझुला आधारभुत विद्यालयको २ कोठे भवनको शिलान्यास जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले गरेका छन।

सो कार्यक्रममा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, अर्थ मन्त्री शैलेन्द्र साह लगायतका उपस्तिथी  रहेको थियो ।

सो भवन ५० लाखको लागतमा वन्न लागेको उक्त भवनले विद्यार्थीको शिक्षा  अध्यनमा ठूलो सहयोग पुग्नेछ ।