मधेशटप डेस्क, पुस २६ गते , सोमबार ।

 

जनकपुरधाम । नेपाली काँग्रेसका र एकीकृत  सामाजवादीका नेता लगायत  सयौं कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले देश निर्माणको पहिचान र जनताको भावनाअनुरूप बाट बनेको पार्टी रहेको भन्दै पूर्वमन्त्री एवम् एमालेका नेता रघुवीर महासेठले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

नेकपाका प्रभावशाली नेता स्थायी कमिटी सदस्य समेत रहेका नेता महासेठ प्रुमुख अतिथि एवंम्  पोलिटब्युरो सदस्य जुलि कुमारी महतोले  नव प्रवेशीहरुलाई फूलमाला र अबिर लगाएर एमालेमा स्वागत गरेका थिए ।

 

धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ कुमरा साथै कार्यक्रम संचालक प्रदेश कमिटी सदस्य योग कुमार यादव एवंम् प्रदेश कमिटि सदस्य असर्फी भिनवारको आध्यक्षतामा भएको पार्टी प्रवेश  कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रभावशाली नेता  श्रीचन  मण्डलको   नेतृत्वमा नेपाली काङ्ग्रेसका साथ साथै एकीकृत  सामाजवादीका  स्थायी कमिटी सदस्य श्री प्रसाद साहको आफ्नो भाइ भगवान साह सहित यस  नेकपा एमालेमा फर्किए संगै सैयौँ अगुवा नेताकार्यकर्ताहरु पार्टी परित्याग गरि नेकपा एमेलमा प्रवेश गरेका छ्न।

 

कार्यक्रमलाई सम्बोधन गर्दै महासेठले “अब जनतालाई भवना अनुरुपको बिकास र देश निर्माण गर्ने पार्टी चाहिएको बताउँदै भयत्रास र मुद्दामा फसाएर राख्ने पार्टी नचाहिएको बताए ।

 

सो कार्यक्रममा  जिल्ला इन्चार्ज रामचन्द्र मण्डल ,  मिथिला नपाको मेयर हरिनारायण महतो ज्यु ,शिला यादव , प्रदेश सभा सदस्य किशोरी साह ज्यु , प्रदेश कमिटी सदस्य एवं जिल्ला अध्यक्ष राजकिशोर यादव  , प्रदेश कमिटी सदस्य मनोज खड्का  लगायत पार्टीको , प्रदेश र जिल्ला का अगुवा नेताहरुको अतिथिमा एकीकृत समाजावादीको नेता भगवान साह र काङ्ग्रेसका प्रभावशाली नेता श्रीचन मण्डल सहित २५० जना भन्दा बढी अगुवा नेताकार्यकर्ताहरुको उपस्तिथी रहेको थियो ।