• धर्वेन्द्र कुमार यादव”यदुवंशी”।

महोत्तरी । नेकपा  एकिकृत समाजवादी पार्टी औरही नगरपालिका वडा नं १ को वडा कमिटी गठन गरिएको छ ।

सोमवार नेकपा एस का केन्द्रीय परिषद सदस्य सरोज कुमार यादवको विशेष उपस्थितीमा २५ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।

 

नव गठित कमिटीको अध्यक्षमा जगदिश यादव, उपाध्यक्ष पंचलाल ठाकुर ,उपाध्यक्ष संजय भुजेल, सचिव जितेन्द्र साह, उपसचिव महाबिर साह , उपसचिव जाबिर लहेरि , उपसचिव सुन्दरकला महरा र आर्थिक बिभाग प्रमुख भाष्कर झा रहेका छन् ।

 

वडा कमिटी गठनको लागि आयोजित भेलामा बोल्दै नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय परिषद सदस्य सरोज कुमार यादवले एकिकृत समाजवादी अब जनता माझ कलम चिन्ह लिएर आएकोले जनताले यसको कदर गर्ने बताए ।