जनकपुरधाम । विभिन्न माग राखी जारीे किसान आन्दोलनका क्रममा धनुषाको जनकनन्दिनी गाउँपालिकामा जनमत पार्टीले ज्ञापनपत्र बुझाएको छ ।

 

जनमत पार्टीको पूर्वघोषित कार्यक्रमअनुसार प्रदेश नम्बर २ का विभिन्न जिल्लाका स्थानीय तहमा किसानसम्बद्ध माग राखी सोमबार ज्ञापनपत्र बुझाएको हो ।

 

जनमत पार्टीले किसानका माग पूरा गराउने उद्देश्यले सोमबार दिउँसो जनकनन्दिनी गाउँपालिकामा ज्ञापनपत्र बुझाइएको जनमत पार्टीका नगर संयोजक दिनेश साहले बताए ।

 

जनमत पार्टीका नेताकार्यकर्ताहरूले समयमै मल, खाद, बिउबिजन उपलब्धताका लागि ज्ञापनपत्र बुझाएका हुन् । सोमबार गाउँपालिका अध्यक्ष अब्दुलबारिक शेख कामविशेषले कार्यालयबाहिर हुँदा निमित्त प्रशासकीय अधिकृत अयोधीदास मार्फत ज्ञापनपत्र बुझाइएको छ ।

 

ज्ञापनपत्र बुझ्दै प्रमुख दासले किसानहरूका माग पूरा गर्नका लागि जनप्रतिनिधिका माझ मुद्दा राख्रे आश्वासन दिएका छन् ।