मधेशटप समाचारदाता,

उमेश कुमार साह,

जनकपुरधाम, पुस २७ गते  : सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ स्थित जनता समाजवादी पार्टी, नेपालका केन्द्रिय सदस्य अनिरुद्व कुमार सिंह यादवको प्रमुख आतिथ्यमा अगुवा नेताकार्यकर्ता भेला कार्यक्रम बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ स्थित घर्मशाला हलमा सम्पन्न भएको छ।

 

कार्यक्रमको प्रमुख अतिथी यादवले सम्बोधन गर्दै भने पन्चायतकाल भन्दा बढी क्रूर सरकार केपि ओलिको सरकार सावित भएको उनले बताए।

 

पन्चायत काल अन्त्य गर्न बेर लागेन ,

मधेस आन्दोलनले सङघियता ल्याएर देशको जनतालाई यादगार गराए।देशको सता जसपा नै सम्हालेर समृद्ध आउछ जनताको बुझाइ रहेको उनले बताए।

 

सोमबार सम्पन्न सो कार्यक्रममा जनता समाजवादी पार्टीका बोदे बर्साईनका नेता तथा कार्यकर्ताहरुको उल्लेखनिय सहभागीता जनाएका थिए ।

कार्यक्रममा हाल मुलुकमा भइरहेको राजनितिक परिस्थिती र आफ्नो पार्टीको धारणाबारे कार्यकर्ताहरुलाई जानकारी गराइएको थियो।

सहभागीहरुले पार्टीभित्र भएको विवाद र त्यसको वास्तविक नितिको बारेमा प्रश्न गरेको थियो।

जसपा मधेशका जनताको मात्र नभएर देशभरि रहेका आम नेपाली जनताको पक्षमा रहेकाले विरोधीहरुले चलाएका भ्रमात्मक प्रचारको पक्षमा नलाग्न कार्यकर्ताहरुलाई निर्देशन दिइएको यादवले बताए।

भने अगुवा कार्यकार्ता भेटघाट कार्यक्रमको अध्यक्षता जसपा नेपालको बोदे बर्साईन नगर संयोजक अरुण यादवले गरेका थिए।सो कार्यक्रममा बिशिस्ट अतिथि बोदे बर्साईन नगरपालिकाको मेयर आतेश कुमार सिंह यादव , अतिथिहरु जसपा नेपालको नगर समितिका प्रतिनिधिहरु , वडा समितिगन , जसपा नेपाल निकट बोदे बर्साईन नगरपालिकाको वडा अध्यक्षहरु, सल्लाहकार बुद्धिजीवी , युवा लगायत नेताहरु को उपस्थित रहेको थियो ।