मधेशटप समाचारदाता,

उमेश कुमार साह,

सप्तरी :  बोदे बर्साईन नगरपालिकाको मुटु मानिने शत्रुध्न चोकमा ईलाका प्रहरी कार्यालय बोदे बर्साईनले ‘तपाईंको मास्क खाेई’ भन्ने अभियान सहित बुधबार जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ।

सो जनचेतनामूलक कार्यक्रममा पाँच सय थान मास्क वितरण गरिएको थियाे।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय बोदे बर्साईनको प्रमुख प्रहरी नायब निरीक्षक जय प्रकाश शाहले मास्क नलगाई हिडिरहेका व्यक्तिलाई मास्क वितरण गरेका थिए । प्रमुख शाहले कोरोनाको यस्तो कहाली लाग्दो महामारीका समयमा मास्क अभियानलाई व्यापक बनाउनुपर्नेमा जोड दिएका थिए । उनले बोदे बर्साईनका सिमानाकाहरु बाट समेत अनिवार्य मास्क प्रयोग अभियान सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपाल सरकारद्वारा जारी गरिएको कोभिड प्रोटोकल उल्लंघन गर्ने व्यक्तिलाई कार्वाही गरिने भएको छ ।