काठमाडौं १२ असोज । आफ्नै श्रीमतीको सहयोगमा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १० बानेश्वर कात्यायनी चोक डेरा गरी बस्ने मोरङ बिराटनगर उपमहानगरपालिका १७ घर भएका ३९ वर्षीय निरज शर्मा रहेका छन् ।

निजले ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोग लागेको छ । घटनामा निजको ३८ वर्षीय श्रीमतीको पनि संलग्नता रहेको प्रहरीले जनाएको छ ।

आफ्नै कोठामा ती महिलालाई बन्धक बनाई जबरजस्ती करणी सुचनाको आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले नितु र निरजलाई पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको प्रहरीले जनाएको छ ।