मधेशटप डेस्क, पुस ३० गते ।

 

जनकपुरधाम : प्रदेश नम्बर  २ को अस्थायी राजधानी जनकपुरधाम जनकपुरको  रामानन्द चोकबाट र्‍याली शुरू देखि भम्रपुरा चोक, मुरली चोक, कदम चोक, शिव चोक सम्म  भएको थियो  ।

सीके राउत नेतृत्वको जनमत पार्टीको आह्वानमा शुक्रवार जनकपुरमा किसानहरूले महार्‍याली निकालेका थिए ।

 

काँधमा हलो बोकेर आन्दोलनकारी सडकमा आएका थिए।

माग यस प्रकार रहेका छन् ।

 

किसानको माग सम्बोधन गर्न उच्चस्तरीय(सम्म) समिति गठन गर्न, समयमा मलखाद र बिउको व्यवस्था तथा फसलको उचित समर्थन मूल्य माग गर्दै जनमत पार्टीले तराईका विभिन्न जिल्लामा किसानलाई आन्दोलनमा उतारेको छ ।