मधेशटप डेस्क, पुस ३० गते ।

जनकपुरधाम । जबरजस्ती करणी गरी फरार भएका अभियुक्त २१ दिन पछि पक्राउ ।

महोत्तरी जिल्ला को मनरा शिस्वा नगरपालिका ६ सरपल्लोका जबरस्ती करणी गरेको आरोपी परिक्षण साह लाई २१ दिन पछि प्रहरी ले मालपोत कार्यालय महोत्तरी जलेश्वर बाट पक्राउ गरेको छ ।

४३ वर्षिय पीडिताले पुस ९ गते आरोपी साह माथि जिल्ला प्रहरी कार्यालय महोत्तरी मा किटानी जाहेरी दिएकी थिइन । त्यसपछि आरोपी साह को खोज तलाश गर्दै जादा प्रहरीले २१ दिन पछि पक्राउ गरेको छ भने अब जाहेरी कै आधार मा अनुसंधान को प्रक्रिया अघि बढ़ने जिल्ला प्रहरी कार्यालय का प्रमुख दिनेश आचार्यले जानकारी दिएका हुन ।

महोत्तरी को बलवा नगरपालिका बलवा बाजार मा सानो व्यवसाय संचालन गर्दै आई रहेकि पीडिता साँझ ७:३० बजे तिर एक्लै बलवा बाट सरपल्लो आफ्नो घर तिर जाने बाटो मैं पर्ने झुलंगे पुल मा साह ले करणी गर्ने प्रयास गरेको पीडिताले आरोप लगाएकी छिन ।