जनकपुरधाम ,२ माघ। किसानहरुको माग पूरा गर्न माग गर्दै भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री रेणु यादवलाई कालो झण्डा देखाएको छ।

 

धनुषाको मुखियापट्टी मुसहर्नियाको बैरिया बजारमा जसपाको पार्टी प्रवेश कार्यक्रममा मन्त्री यादव आइरहेको बेला बैरियामा कालो झण्डा देखाएका हुन। मन्त्री यादव र कृषि मन्त्री महेन्द्रराय यादवविरुद्ध उनीहरू नाराबाजीसमेत गरेका छन् ।

 

किसानका माग पूरा गर्न सरकारले चासो नदेखाएको भन्दै जनमत पार्टीले संघीय सरकारका मन्त्रीहरुलाई मधेशमा प्रवेश गर्न नदिने घोषणा गरेको थियो ।

 

मन्त्री यादवविरुद्ध किसानका सन्तानहरु आज बिहानैदेखि जनकपुरधामसहित धनुषाको विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् ।