मधेशटप डेस्क, माघ ३ गते  ।

 

जनकपुरधाम : प्रदेश २ को नाम ‘मधेश प्रदेश’ भएपछि जसपा नेपालका नेता एवंम् प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले  खुशी  व्यक्त गरेका छन्।

आज प्रदेश २ को नामकरण टुंगो लागेपछि मैथिली भाषामा सामाजिक सञ्जालमा उनले ‘समान सोचशैली, जीवनव्यवहार, साझा सँस्कृति तथा मनोविज्ञान भएका प्रदेश २ भूगोलका बासिन्दाले आज मधेस प्रदेशका रूपमा पहिचान ग्रहण गरेको छ ।

कयौं विमतिका बीच पनि सर्वस्वीकार्ययोग्य विषयमा पक्षधरता देखाउने हाम्रो राजनीतिक संस्कार र अभ्यासले आज मधेस प्रदेशका पक्षमा मूर्तता पाएको छ ।

यो ऐतिहासिक दिन लोकतान्त्रिक विधिमार्फत लक्ष्य प्राप्त गर्ने उपेक्षित, उत्पीडित र बहिष्करणमा पारिएका जनताको विद्रोहलाई एउटा आकार र आयाम दिएको छ । म सम्पूर्ण प्रदेशसभा सदस्यलाई मधेस प्रदेशका लागि हार्दिक बधाई दिन तथा कृतज्ञता ज्ञापन गर्दछु ।

आजको नामकरणबाट स्वायत्त, स्वशासित र सबल प्रदेशका लागि शान्तिपूर्ण जनसंघर्षको पुनरोदय भएको छ । हामीबीचको एक्यबद्धता र आपसी सद्भावले अधिकारप्राप्तिको गोरेटोलाई फराकिलो बनाएको छ । हामी मधेस प्रदेशका रूपमा बहुजातीय, बहुभाषिक र बहुक्षेत्रीय भौगोलिक संरचनाअनुरूप यथाशक्य र सम्भाव्य समृद्धिको ठोस चित्र तयार पार्ने दिशामा बढ्नेछौं’ लेखेका छन्।

आज प्रदेशसभामा भएको मतदानमा प्रदेश २ को नाम ‘मधेश प्रदेश’ दुइतिहाइले पारित भएको हो। कुल १ सय ४ मा सांसदमध्ये ९९ सांसद उपस्थित थिए। ‘मधेश प्रदेश’ को पक्षमा ८० सांसदले मतदान गरे।

प्रस्तावमध्ये छैटौं नम्बरको प्रस्तावमा नाम ‘मधेश प्रदेश’ हुनुपर्ने थियो। सवा चार बजेबाट मतदान शुरु भएको थियो। मतदान पाँच बजेर १० मिनेटमा सकिएको थियो। पाँच बजेर ४० मिनेटमा उक्त प्रसतावमा दुई तिहाइसहित ‘मधेश प्रदेश’ नाम पारित भएको हो।

प्रस्तावमध्ये छैटौं नम्बरको प्रस्तावमा नाम ‘मधेश प्रदेश’ हुनुपर्ने थियो। सवा चार बजेबाट मतदान शुरु भएको थियो। मतदान पाँच बजेर १० मिनेटमा सकिएको थियो। पाँच बजेर ४० मिनेटमा उक्त प्रसतावमा दुई तिहाइसहित ‘मधेश प्रदेश’ नाम पारित भएको हो।