मधेशटप समाचारदाता, माघ ३ गते ।

उमेश कुमार साह,

सप्तरी : सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर — ९ देउरी- सुभरनपटीमा एक कार्यक्रमको बचि प्रदेस नम्बर — २ छिन्नमस्ता बाहनी बरर्दिबासका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले बोर्डर आउट पोष्टको नव निर्मित भवनको समुद्धघाटन गरेकाछन् । उत्त कार्यक्रममा मन्तब्य राख्दै नायब महानिरीक्षक मगरले भने सुरक्षा र विकास एक अर्काका परिपुरक रहेकोले र राष्ट्र विकासको लागि सुरक्षाको महत्वपूर्ण भूमिका रहेकोले सुरक्षा निकायलाई शान्ति सुरक्षा प्रदान गर्न सबैलाई सहयोग गर्न आग्रह गरे । सो अवसरमा उवाँले बिओपी स्थापनाले यस क्षेत्रमा सिमा वारपार हुने विभिन्न अपराधिक घटनाहरुमा नियन्त्रण आउने बिस्वास ब्यत्त गर्नुभयो ।

बोदे बर्साईन नगरपालिकालाई सशस्त्र प्रहरीले प्रशंसा पत्र प्रदान गरेको छ । स्थापना कालमा नयाँ भवन बनाउने देखि जग्गा प्राप्ती सम्म सहयोग गरेकोले नगर पमुख आतेश कुमार सिंह यादवलाई स.प्र.ना.मा.नि. गणेश ठाडा मगरले प्रदान गरेका छने ।

उत्त उद्घाटन कार्यक्रमको विशिष्ठ अतिथि सप्तरी प्रमुख जिल्ला अधिकारी जनार्दण गौतम, बोदे बर्साईन नगरपालिका नगर प्रमुख आतेश कुमार सिंह यादव, सप्तरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक अविनारायण काफले , सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठ, राष्ट्रिय अनुसन्धान एसपी नरेश प्रताप साह, ईलका प्रहरी कार्यालय बोदे बर्साईन प्रहरी नायव निरीक्षक जय प्रकाश साह, स्थानिय बुद्दिजिवीको उपस्थिति थियो ।

उत्त उद्घाटन कार्यक्रममा सप्तरीका विशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी जनार्दण गौतम, बोदे बर्साईन नगरपालिका नगर प्रमुख आतेश कुमार सिंह यादव, सप्तरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक अविनारायण काफले , सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठ, राष्ट्रिय अनुसन्धान एसपी नरेश प्रताप साह, ईलका प्रहरी कार्यालय बोदे बर्साईन प्रहरी नायव निरीक्षक जय प्रकाश साह, स्थानिय बुद्दिजिवीको उपस्थिति थियो ।

सप्तरी जिल्लाको भारत संग जोडिएको ७८ किलोमिटर बोर्डर ईलकामा ८ वटा बिओपी रहेको छ । सप्तरीमा बिओपी संख्या १९ पुर्याउने लक्ष्य राखेकाछन् त्यहीँ अनुसार कार्य भई रहेको छ ।

तत्कालिन बोदे बर्साईन गाविसमा रहेको ईलका स्वास्थ्य चौकी कार्यालय भवनमा निर्वाचन लक्षित गरि २०६४⁄३⁄०३ मा वेश क्यामपको रुपमा स्थापना भएकोमा उक्त सुरक्षा वेशलाई नेपाल सरकार मन्त्री परिषदको मिति २०७६⁄१०⁄१९ निर्णय अनुसार बि.ओ.पि मा रुपान्तरण गरि हाल बोदे बर्साईन नगरपालिका वडा नम्बर ९ मा स्थापना भई सिमा क्षेत्रमा शान्ति सुरक्षा प्रदान गर्दै आएको छ । स्थापना कालमा सशस्त्र प्रहरी निरीक्षक दरबन्दी रहेकोमा हाल दरबन्दी कटोती भई सशस्त्र प्रहरी निरीक्षक मार्फत कार्य सम्पादन गर्दै आएको छ । ठुलो ईलका रहेकोले सशस्त्र प्रहरी निरीक्षक दरबन्दी दिन स.प्र.ना.म.नि. गणेश ठाडा मगर समक्ष माग गरेका छन् ।