संजय विश्वकर्मा।

लहान ४, माघ । शिक्षा विकास तथा समन्वय इकाई सिरहामा व्यापक रुपामा भ्रष्टाचार र अनियमितता भैरहेको एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समिती सिरहाले जनाएको छ ।

संगठनमा आवद्ध शिक्षकहरूले सोमबार सिरहाको नेपाल रेडक्रस सोसाइटी चोहर्वामा गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाई सिरहाका इकाई प्रमुख शशी कुमार यादव हाजिरी भएको दिनदेखि जिल्लाका शिक्षा क्षेत्र धारासायी बन्दै गईरहेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

‘शिक्षामा सिरहा जिल्लाको अवस्था दिनानुदिन खस्किरहेको छ।, यसमा धेरैकारण तत्वहरु छन् ।, त्यस मध्ये प्रमुख कारक तत्व इकाई प्रमुख यादव रहेको जारी बिज्ञप्तिमा लेखिएको छ ।

इकाई प्रमुख यादवले विधि प्रक्रिया विपरित शिक्षकहरुलाई जिल्लान्तर आन्तरिक सरुवा गरेको , कक्षा ९ का रजिस्ट्रेशन र कक्षा १० को एसईई फर्म बापत राजस्व प्रती विधार्थी रु २० को दरले लिई लाखौं रकम दुरुपयोग गरेको , विभिन्न प्रकारको सरुवा बापत दाखिला गर्नुपर्ने राजस्व शुल्क दुरुपयोग गरेको , दर्ता चलानी फेर्ने र लुकाउने गरेको , नियम विपरित इकाईमा कर्मचारी भर्ना , वालविकास कोटाहरु वितरणमा व्यापक अनियमितता लगायतका आरोपहरु उनिहरुका छन् ।

जिल्लामा शैक्षिक गुणस्तर कायम गर्ने उद्देश्यले आन्दोलनका कार्यक्रम जारी रहेको शिक्षकहरुले बताएका छन् ।

इकाईमा भैरहेको भ्रष्टाचार र बेतिथी अन्त्य गर्न सरोकारवाला राज्यपक्षबाट सत्यतथ्य छानबिन गर्नुपर्ने , भ्रष्टाचगरीलाई आवश्यक कानुनी कार्वाही गर्नुपर्ने लगायतको माग छ । माग पूरा नहुन्जेल सम्म आन्दोलनका कार्यक्रम जारी नै रहने आ. वि. लरकनहाका प्रधानाध्यापक शिवराज यादवले बताए ।

संगठनका जिल्ला अध्यक्ष समेत रहेका शिवराज यादव सहित २३ जनाले संगठनबाट सामुहिक रुपमा राजिनामा दिएका छन् । केन्द्रले राजिनामा स्वीकृत नगरेपनि कार्यसमितिका सम्पुर्ण पदाधिकारी , सल्लाहकार लगायतका शिक्षकहरुले संगठनबाट राजिनामा दिएको बताए ।

जिल्लामा शैक्षिक गुणस्तर कायम गर्ने उद्देश्यले आन्दोलनका कार्यक्रम जारी रहेको शिक्षकहरुले बताएका छन् ।