मधेशटप डेस्क,

जनकपुरधाम ।  नेकपा एमालेकी नेतृ तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक पुर्व मन्त्री जुली महतोले अपाँग प्रति मधेस सरकार मौन रहेको टिप्पणी गरेकी छन् ।

प्रदेश सरकार मौन रहँदा सामुदायिक स्तरमा अपाँगहरु झन कष्टकर जिवन विताउनु परेको बताईन् । अपाँगरहरले होइन समय, परिस्थिति र बाध्यताले हुने गर्छ त्यही भएर हामी सबैले माया स्नेह र सम्मान गर्नु पर्ने पूर्व मन्त्री महतोको जोड छ ।

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र जिल्ला शाखा धनुषाद्वारा आयोजित स्व. खगेन्द्र बस्नेतको ९४ औं जन्मजयन्ती अवसरमा पूर्व मन्त्री महतोले अपांग ब्यक्तिहरुको लागि आवासीय पुनस्थापना केन्द्रको उद्घाटन गर्दै प्रदेश सरकारलाई अपाँगका लागि विशेष अनुदान सहितको कार्यक्रम ल्याउन आग्रह गरेकी छन् ।

राहत स्वरुप अपांगको लागि आवासीय पुनस्थापनासेवा कार्यालय उपलब्ध गराएको बताउँदै पूर्व मन्त्री महतोले भनिन् -तपाईंहरुको आवश्यकतालाई मेरो तर्फबाट संधै सहयोगको ढोका खुल्ला छ । प्रदेश सरकारको पनि आँखा जाओस् ।