मधेशटप डेस्क, माघ ५ गते ।

महोत्तरी : जनता समाजवादी पार्टी नेपाल महोत्तरीको जलेश्वर नगरपालिकाको जिरो माइलमा सहिद वाटिकामा पुर्वमन्त्री कुशवाहाले माला चढाएर  सम्मान गर्नुभयो ।

त्यस्तै  मनरा सिस्वा नगरपालिकामा बलीदानी दिवस दिप प्रज्वलन गरि  मनाएको छ । विभिन्न चरणमा भएको मधेस आन्दोलनका क्रममा अधिकार प्राप्तिको लडाईका लागि संघर्ष गर्दै आफ्नो ज्यानको आहुति दिनुहुने वीर शहिद चन्दन पटेल र सत्रुधन पटेललाई नेतागणहरुले फुलमाला अबिर लगाई श्रद्धान्जली अर्पण गरेका हुन ।

उहाँले मधेश आन्दोलन का सहिद परिवार तथा घाइते हरुको सम्मानमा मधेश सरकार कुनै कमि न राख्ने प्रतिबद्धता जनाउनु भयो ।

मधेस र मधेसी जनतामाथि वर्षौं देखि भइरहेको अन्याय, अत्याचार, विभेद र दमनलाई अन्त्य गर्न वीर शहिद रमेश महतोको बलिदानीले बिगुल फुकिदिएको आन्दोलनले मधेसलाई आफ्नो अधकारका लागि लड्नु पर्छ, केही गर्नु पर्छ भनेर झकझकायो र फलस्वरूप आज हामीले थोरै भएपनि अधिकार र पहिचान पाएका छौँ । वीर शहिदहरुले गर्नु भएको योगदानले पाएको उपलब्धिहरुलाई संस्थागत गर्दै बाकिरहेको अधिकार पनि हामीले संघर्ष मार्फत प्राप्त गर्ने संघिय परिषद सदस्य दीपक झा ‘गुडु’ले बताए ।

आज बलिदानी दिवसको महान दिन हो । शहिदहरुको योगदान र बलिदानलाई उच्च कदर गर्दै प्रदेश सरकारले आज थप राहत वितरण गर्दै छ । सहिदको परिवारलाई राज्यले थप अवसर र सुविधा दिनेछ र उहाँहरुको सम्मान गर्नेछ भने आशाबादी छु साथै हामी सबैले आ-आफ्नो स्थानबाट वीर शहिदहरुको योगदानलाई सझीदै उहाँहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै मधेस अधिकारको लागि सुरु भएको यो लडाईलाई निरन्तर जारी राख्न प्रतिबद्ध रहन पुर्वमन्त्री सरोज सिंह कुशवाहाले  आग्रह गरेका हुन ।

मधेस प्रदेश सरकारले यसवर्ष सप्तरीको सदरमुकाममा विशेष कार्यक्रम गरी बलीदानी दिवस मनाईरहेको छ भने बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको हो ।

मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको निधन भएको दिनलाई मधेस बलिदानी दिवसका रूपमा मधेस प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।

मनरा सिस्वा  नगरपालिकाको सरपल्लोमा  कौशल किशोर  साहको  अध्यक्षतामा  कार्यक्रममा प्रमुख अतिथि पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री  सरोज सिंह कुशवाहा,संघिय परिषद सदस्य दीपक झा ‘गुडु ,मनरा सिस्वा नगरपालिकाको नगर संयोजक  महेन्द्र राय मुखिया,जिल्ला सदस्य संजय सिंह, नगर इन्चार्ज रबिन्द्र सिंह  लगायतको आतिथ्यता रहेको थियो ।