मधेशटप समाचारदाता,

राजविराज,माघ ७ गते।
जनता समाजवादी नेतृ तथा भौतिक पुर्वाधार तथा योजना मन्त्री रेणु यादवले दिएको गौर नरसंहार मचाइदिने अभिव्यक्ति प्रति नेकपा(एमाले)निकट राष्ट्रिय युवा संघ मधेस प्रदेशमा आक्रोशित भएका छ्न।

प्रदेशका आठ वटै जिल्ला सदरमुकाममा युवा संघले आज चर्को नारावाजी गर्दै बिरोध प्रदर्शन गरेको संघका प्रदेश इन्चार्ज सत्यनारायण यादवले जानकारी दिएका छ्न।

आजको बिरोधले सरकारको पनि ध्यानाकर्षण भएको होला। समाजिक सद्भाव बिग्रने अराजक र सामन्त शैलीमा हत्या गर्ने चेतावनी तथा गौर नरसंहार गराइदिने अभिव्यक्ति दिएका मन्त्रीलाई यदि सरकारले बर्खास्त नगरे आन्दोलन व्यापक बनाउने छौं ।गौरमा जसरी मानवीय नरसंहार भएको थियो,त्यस घटनाको जसपा स्वीकार गरेको युवा संघको ठहर छ।गौर हत्या काण्डको दोषीलाई कार्वाही बढाउन सरकारलाई दबाब समेत दिने इन्चार्ज यादवले बताए ।

मन्त्री यादव राजिनामा दे।अराजक मन्त्री रेणु यादव मुर्दावाद,गौर हत्याकाण्डका दोषीलाई कार्वाही गर।परमादेशदेशी सरकार मुर्दावाद ,समाजिक हिंसा भडकाउन पाइदैन,राष्ट्रिय युवा संघ नेपाल जिन्दावाद लगायत नारा लगाउदै युवा संघ आक्रामक भएर सडकमा शान्तिपूर्ण रुपले सफलता पुर्वक प्रदर्सन गरेको संघका प्रदेश इन्चार्ज जानी खानले बताएका छ।

यसैगरी सो प्रदर्सनलाई धनुषाको संयोजक राम उदगार यादव,महोत्तरीको संयोजक रामनिवास यादव,सिरहा संयोजक इन्द्र राउत,सप्तरी संयोजक चितरंजन ,रौतहट संयोजक र पुरुषौत्तम साह र पर्सा संयोजक निजामिद्दिन यादवको नेतृत्वमा बिरोध प्रदर्सन भएको थियो ।