मधेशटप डेस्क, माघ ७ गते ।

 

जनकपुरधाम : नेकपा एमाले को केन्द्रीय सचिव एवम् मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठ को कुशल नेतृत्व मा प्रदेश को ८ बटै जिल्ला मा पार्टी काम मा गतिशीलता बढेको पार्टी कार्यकर्ताहरु ले बताएका छन्। पार्टी संगठन को अधिवेशन एवम् विस्तार सगै राष्ट्रिय सभा सदस्य को निर्वाचन मा लोजपा सित को तालमेल गर्न गराउन सफल महासेठ को कार्यशैली प्रति कार्यकर्ताहरु उत्साहित भएका छन ।

सधैभरी पार्टी संगठनमा किचलो मात्र हुने मधेश प्रदेश मा अहिले सर्वसम्मति ले जिल्ला कमिटी चयन भैरहेको छ । महासेठ ले जिल्ला नेतृत्व चयन मा केन्द्रबाट अवरोध नगरी जिल्ला का सबै अगुवाहरु राखी जिल्ला कै नेता र कार्यकर्ताहरु को चाहना अनुसार को नाम मा सहमत जनाएको ले सबै जिल्ला मा सर्वसम्मति ले जिल्ला कमिटी गठन हुन सम्भव भैरहेको प्रदेश कमिटीका एक नेताले बताए । जिल्ला अधिवेशन को संबेदनशिलता लाई मध्य नजर गर्दै प्रदेश को सबै जिल्ला मा आफै पुगी बन्दसत्र मा पनी पुरै समय महासेठ ले दिईरहेका छन ।

नेकपा एमाले मधेश प्रदेश को ४ जिल्ला मा जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

१ जिल्ला मा बन्दसत्र स्थगित भएको छ र ३ जिल्ला को अधिवेशन कोभिड को कारण हुन सकेको छैन। प्रदेश को ८ वटै जिल्ला मा जिल्ला अधिवेशन को मिति फरक दिन मा तोकिएको थियो । तोकिएको मितीमा सप्तरी, सिरहा, बारा , रौतहट को जिल्ला अधिवेशन सम्पन्न भैसकेको छ ।

सप्तरी मा अध्यक्ष ताराकान्त चौधरी , सिरहा मा अध्यक्ष चन्देश्वर मण्डल , रौतहट मा अध्यक्ष त्रिभुवन साह रबारा मा अध्यक्ष बिनोद साह सर्वसम्मति ले निर्वाचित भैसकेका छन्।

पर्सा जिल्ला अधिवेशन बन्दसत्र स्थगित भएकोले नेतृत्व चयन बाकी रहेको छ ।

बाकी रहेको ३ जिल्ला महोत्तरी, सर्लाही र धनुषा को अधिवेशन कोभिड को संक्रमण बढेको ले माध १५ गते सम्म प्रदेश कमिटीले स्थगित गरेको छ ।

प्रदेश इन्चार्ज रघुवीर महासेठ प्रदेश को जिम्मेवारी पाए देखी प्रदेश कमिटी को पनि पटक पटक बैठक बसेको छ ।