मधेशटप समाचारदाता, माघ ७ गते ।

उमेश कुमार साह,

बोदे बर्साईन  : जनमत पार्टी बोदे बर्साईन नगर कार्यसमितिकाे अायाेजनामा तथा नगर उपाध्यक्ष सुकदेब साहको नेतृत्वमा किसानको माग सम्बोधन गर्न माग गर्दै जनमत पार्टीका नेता कार्यकर्ता र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले सामाजिक हिंसा फैलाउने अभिव्यक्ति दिएको भन्दै बिरोध गर्दै पुत्ला दहन गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले सामाजिक हिंसा फैलाउने अभिव्यक्ति दिएको भन्दै जनमत पार्टी बोदे बर्साईनले विरोध गर्दै पुत्ला दहन गरेका छन् ।

सङ्घीय सरकारमा बहालवाला मन्त्रीले यही माघ ५ गते रौतहटको गौरमा आयोजित राजनीतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा व्यक्ति हत्या र सामाजिक हिंसा फैलाउने अभिव्यक्ति दिएको भन्दै जनमत पार्टी बोदे बर्साईनले विरोध जनाएको हो । बिरोधका नारा सहित जनमत पार्टी बोदे बर्साईनले पुतला दहन गरेका छन् ।

जनमत पार्टी बोदे बर्साईन नगर उपाध्यक्ष सुकदेव साहले भने सीके राउतको जनमत पार्टीले किसानको मुद्दा उठाइरहेको बेला ती मुद्दा सुल्झाउनेतिर नलागी भीडन्त रोज्दा राजनीतिक रूपमा जसपालाई अप्ठेरो पर्नसक्छ। साहले भने ”०६३ मा भएको गौर घटनादेखि निरन्तर मधेशका आन्दोलनलाई नजिकबाट हेरेका साह भन्छन्, ‘मधेश विस्तारै हिंसाका पीडा भुल्दै थियो। मन्त्री यादवका अभिव्यक्तिले पुनः जे पनि हुनसक्ने शंका उब्जाइदिएको छ।’

त्यससँगै जनमत पार्टी बोदे बर्साईनका नेता बालेश्वर प्रसाद यादवले भने हाम्रो राउत नेतृत्वको जनमत पार्टीले पछिल्लो केही समययता किसानहरूको मुद्दा अघि सारेर मधेशका जिल्लाहरूमा लगातार विरोध गर्दै आइरहेका छन्। किसानसँग सम्बन्धित ११ ओटा आफ्नो माग अघि सारेको राउतले मधेशका जिल्लाहरूमा विरोध कार्यक्रम गर्न स्थानीय तहसम्म समिति नै बनाएर कार्यक्रमहरू गरिरहेको थिए ।